फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ ।पोस्टरमा रेलको लिकमा सिनेमाका अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ ।दीपेन्द्र गौचनको निर्देशन र निर्माण र कथा रहेको फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता रहेका छ्न् । साथै ,मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।कार्तिक ३० गते रिलिज हुने फिल्ममा सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको छ ।