अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठ वल्र्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएकी छन् ।श्रेष्ठले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै यो अवार्ड प्रदान गरिएको हो । राजधानीमा आयोजित कार्यक्रम बिच माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितीमा नेपाल उद्योग बाणिज्य महासंघकी पुर्व अध्यक्ष भवानी राणाले श्रेष्ठळाई अवार्ड  प्रदान गरेकी हुन् । कार्यक्रममा बिभिन्न क्षेत्रका करिब दर्जनबढी ब्यक्तिले यो अवार्ड प्राप्त गरे । अवार्ड प्राप्त गर्नेमा अभिनेताी चैत्यदेवी सिंह, संगीतकार दीपक जंगम, हार्माेनियम माष्टर बिमल शाहलगायत बिभिन्न डाक्टर लगायतका ब्यक्तिहरु रहेका थिए । बिभिन्न सौन्दर्य प्रतियोगीतामा सहभागी जनाउदै उत्कृष्ट स्थान हासिल गर्दै नेपालमा थुप्रै अन्तराष्ट्रिय उपाधि भित्र्याउन सफल श्रेष्ठ २००५ देखिनै फेसन शो र सौन्दर्य प्रतियोगीतामा सक्रिय छिन् । श्रेष्ठले केही समय अघी आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्वका लागि काठमाडौंमा ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ छनौट गरेकी छन् । उनले अनिला ग्रिन आर्ट मिडियाबाट बिभिन्न प्रतियोगीता आयोजना गर्दै आइरहेकी छन् । श्रेष्ठ अनिला ग्रिन आर्ट मिडियाबाट बिभिन्न प्रतियोगीता आयोजना गर्दै आइरहेकी छन् ।