अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा सिवाकोटीको जोडीमा नेपाली चलचित्र ‘भैरे’ बन्ने भएको छ । चलचित्र ‘कारखाना’ पछि वर्षा अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका छैनन् । ‘करिब एक वर्ष पछि चलचित्र गर्दै छु, चलचित्रलार्इ लिएर उत्साहित छु ।’ वर्षा बताउछिन् । त्यस्तै भैरेमा वर्षाको साथमा दयाहाङ राई देखिने छन् । यसअघि पनि चलचित्र लप्पन छप्पनमा बर्षा र दयाले एकसाथ काम गरेका थिए । मङ्सिर १ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रलाई सूर्य बोहराले निर्देशन गर्दै छन् । चलचित्रमा वर्षा र दयाको साथमा बुद्धि तामाङ, अनुभव रेग्मी तय भइसकेको बताइएको छ ।
.