दसैँ यानिकि फूलपातीबाट प्रदर्शनमा आएको तीन फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले यती बेला हल नै कब्जा गरेका छन् । ठुला ब्यानरका यी तीन फिल्म बिचको टकराबले फिल्मको व्यापारमा ठुलो असर गर्ने प्रक्षेपण गरिएको थियो । धेरथोर गरेको पनि छ । तथापि, तीनवटै फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखिएको छ । बक्स अफिस तिर ध्यान लगाउने हो भने अझ ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ मा दर्शकको हुल नै छ । यद्यपि ‘ज्वाइँ साब’ मा दर्शकको हुल छैन भन्न खोजेको भने हैन । तर धेरै , थोरै मात्रामा भने यस फिल्मले पनि दर्शकको राम्रै साथ पाएर लगानी सुरक्षित नै गरिरहेको छ ।  काठमाडौँ, नेपालगन्ज, इटहरी जस्ता सहरका मल्टीप्लेक्सहरुमा फिल्मले प्राप्त गरेका सोजमा सुखद् अकुपेन्सी देखिएको छ । निर्देशक वसन्त निरौलाले फिल्मको हरेक दिन अकुपेन्सी वृद्धि भइरहेको दाबी गरे । भन्छन्, ‘पहिलो दिन ३० प्रतिशत मात्र अकुपेन्सी थियो । तर, तेस्रो दिनदेखि ८० प्रतिशतसम्म अकुपेन्सी छ । धेरै हलले सोज पनि थपेका छन् ।