गायिका टिका प्रसाई र गायक निरज खतिवडाको 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्।  
 

म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोलाई संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  गीतको भिडियोलाई ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। नेप् अस् क्रीउको प्रीजेन्ट्स रहेको भिडियोको काम मेल्बोर्नमा भएको हो l