अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ तीन महिना पछाडि सरेको छ । बिहीबार निर्माण कम्पनी अदृत फिल्म्सले विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण अब माघ १६ गते फिल्मलाई रिलिज गरिने जनाएको छ । यस् अघी फिल्म तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरीएको थियो lनयाँ मितिमा पनि निर्माताले विदा नै रोजेको छ । माघ १६ गते (बुधबार) आउँदा ‘एक्टर’ले लगातार दुई दिन विदा पाउँछ । माघ १६ गते शहीद दिवस र माघ १७ गते सोनाम लोसारको विदा परेको छ । अहिलेसम्म यो मितिलाई अन्य फिल्मले ‘बुक’ गरिसकेका छैनन् । यसको अघिल्लो साता अर्थात् माघ ११ गते भने फिल्म ‘के घर के डेराः घर नम्बर २’ प्रदर्शनमा आउने तयारीमा छ ।