कात्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारलाई देखाइएको छ l सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय बराल र प्रकाश सपुतको अलावा अन्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।