दसैँको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण डुब्ने पक्का पक्की जस्तो सोचिएको थियो । तर ठिक उल्टो भएको फिल्म निर्माताको भनाइ छ । वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि फिल्मले गति समात्यो । दसैँको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको फिल्मले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ । फिल्मको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार एक पोस्टरमार्फत फिल्मले ३ करोड २५ लाख कमाएको जनाइएको छ ।निर्देशक वसन्त निरौलाका अनुसार सुरुमा नलगाएका हलले पनि फिल्म चलाउन थालेका छन् । शो र दर्शक दुवै बढ्न थालेकाले फिल्म तिहारसम्म जाने उनको विश्वास छ । निर्माताले दर्शक माझ् सार्वजनिक गरेको बक्स अफिस कलेक्सन बाहिर जति नै हल्ला गरेता पनि भित्र कति हो निर्मातालाई नै थाहा होला । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतको अभिनय छ ।