अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । नेपालमा सफल बनेको चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने छ । निर्माण पक्षको अनुसार अस्ट्रेलियाको तासमानियामा १२, सिड्नीमा १८ र मेलबर्नमा १९ नोभेम्बरमा चलचित्र प्रदर्शन हुने छ  ।

अष्टे«लियामा हुने सोको लागी नेपालबाट अभिनेत्री, निर्देशक झरना थापा र चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जादै छिन् । ‘हो र हैन होला’ इभेन्ट्सले सिड्नी अनि मेलबर्नमा र ‘तास’ इभेन्ट्सले तासमानियामा सो आयोजना गर्द लागेको हो । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा सलिनमान बनियाँ, साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।