‘काँधेकुरी’ गीत रिलिजपछि चर्चामा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले ट्रेलरबाट राम्रो ‘हाइप’ निर्माण गरेको छ ।ट्रेन्डिङको छैटौं नम्बरमा रहेको ट्रेलरलाई साढे ६ लाख बढीले हेरिसकेका छन् ।युट्युबमा ट्रेलरलाई आकर्षक भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि सकारात्मक प्राप्त छ ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विजयसहित प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ ।गन्धर्व समुदायको कथामा आधारित भएर बनेको यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने तयारीमा छ ।