बलिउडका चर्चित निर्देशक अनुराग कश्यप नेपाली फिल्ममा जोडिएका छ्न्। उनी कार्यकारी निर्माताको रुपमा फिल्म "पूजा" मा जोडिएका हुन् ।  हलिउड म्यागजिन भेराइटीले यसबारेमा समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ ।
‘पूजा, सर’ यस वर्ष (२०२४)को सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा छनोट भएर प्रदर्शन भएको थियो । त्यहाँ उपस्थित दर्शकले फिल्मलाई १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । यसपछि मुम्बई फिल्म फेस्टिभल, बुसान जस्ता प्रतिष्ठित फेस्टिभलमा पनि फिल्म प्रदर्शन भइसकेको छ ।स्विट्जरल्यान्ड, जर्मनी र अस्ट्रिया जस्ता देशमा पनि बिक्री भइसकेको ‘पूजा, सर’ सत्य घटनाबाट प्रेरित रहेको जनाइएको छ । फिल्मको निर्माण आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले गरेका हुन् ।आशा मगरतीको शीर्ष भूमिका रहेको फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, पशुपति राई, पुष्पा यादव लगायतको पनि अभिनय छ ।