एउटा उखान नै छ नि "राजनीति र फिल्म क्षेत्रमा दोस्ती र दुस्मनी दिगो हुँदैन" भनेर । यो क्षेत्रमा पलभरमै दुस्मनी भएर एक अर्काको अनुहार पनि नहेर्ने भइन् छ भने पलभरमै त्यही व्यक्ति स्वीटहार्ट पनि बन्दिन्छ । रिल् लाइफमा अभिनयमा १०० प्रतिशत दिन नसके पनि रियल लाइफमा भने मिठो अभिनय गर्दिन्छन्  हाम्रा कलाकारहरू । नपत्ताए अहिले पूजा शर्मा र सुष्मा  कार्कीको सम्बन्ध हेर्दा पनि यो छर्लङ्ग हुन्छ ।कुनै बेला एक अर्काको नाम समेत सुन्न नचाहने उनीहरू यति बेला गाला जोडेर टिकटक बनाउन थालेका छन् । टिकटक  बनाउँदा हामी केही भन्दैनौ तर यदि मिल्नु नै छ भने दुनियाँ थरी नाटक पार्दै किन मिडियामा बोल्नु । यतीको अभिनय फिल्ममा गरेको भए अहिले दर्शकको नजरमा यी दुई नायिका नम्बर वान् नायिकाको रुपमा स्थापित भइसक्थे । आइतबार ‘सुष्मा कार्की २०२३’ नामक टिकटक आइडीमा एउटा भिडियो अपलोड छ, जसमा सुष्माले पूजासँग अंकमाल गर्दै हिन्दी गीत ‘हुआ मुझे भी प्यार हुआ’मा टिकटक बनाएकी छन् । र, क्याप्सनमा ‘स्वीटहार्ट’ लेखिएको छ । दुवै एक अर्कासँग एकदमै सहज देखिएका छन् । भिडियोको पृष्ठभूमिमा पूजाको स्केच देखिन्छ, जुन उनको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टको हो । अर्थात् सुष्माले पूजाको रेस्टुरेन्टमै पुगेर टिकटक बनाएकी हुन् ।सुष्माले अपलोड गरेको भिडियोलाई २४ घण्टा पनि नबित्दै साढे ६ लाख   बढीले हेरिसकेका छन् भने एक हजार हाराहारी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले उनीहरूको मिलनलाई लिएर आश्चर्य प्रकट गरेका छन् । कतिले अब रमाइलो नहुने भयो भन्दै व्यंग्य गरेका छन् भने कतिले पश्चिमबाट घाम झुल्कियो भनेका छन् ।  सुष्मा एक अर्कासँग घनिष्ठ हुनुमा ‘रावायण’ रिलिजपछि पूजाको निर्देशक सुदर्शन थापासँग सम्बन्ध चिसिनुलाई पनि मानिएको छ । कुनै बेला निर्देशक सुदर्शन थापाकै कारण यी दुईको पानी बाराबार भएको थियो भने अहिले घनिष्ठ हुनुमा पनि सुदर्शनकै ठुलो हात छ भन्दा फरक नपर्ला । जे होस् पूजा र सुष्माको घनिष्ठता अब कायम नै रहोस् ।