दोस्रो सातामा प्रदर्शनरत फिल्म 'ज्वाइँ साब' को नयाँ गीत 'कुहिरोको दरबार' सार्वजनिक गरिएको छ l सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, नीति शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन्। गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर छ। यसका शब्द हर्क साउदका हुन् भने महेश ताम्राकारको सङ्गीत सुन्न सकिन्छ।

वसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ ले दोस्रो साताको शनिवार सम्म ३ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाइएको छ।राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ छन्। बसिन अधिकारीको कथा रहेको फिल्मलाई शंकर धितालले लेखेका हुन्।