अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् ।यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए । सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो । उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिका समेत निभाइसकेका छन् । ‘राजागञ्ज’मा दयाहाङसहित आशा मगराती, विजय बराल, नीकिता चाण्डक, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव लगायतको अभिनय छ । यो फिल्मलाई दयाहाङ सहासी महिलाको कथा मान्छन् ।