फिल्म ‘रंगी’को छायांकन सुरु भएको छ । अभिनेता सलोन बस्नेतको फिल्मको  मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो ।  फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ ।सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ । फिल्मलाई यसै वर्ष रिलिजको तयारी गरिएको छ ।फिल्मको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक सुरेश न्यौपाने हुन् ।फिल्ममा सलोनसहित पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । नम्रताले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । बाबु-छोरीको कथामा बन्न लागेको फिल्मको निर्मातामा सक्षम सुवेदी छन् ।