फिल्म ‘गुलेली’ को फस्टलुक सार्वजनिक गरीएको छ l अनिल न्यौपानेको कथानक फिल्म ‘गुलेली’बाट शीर्ष अभिनेताको रुपमा कुन्दुनले डेब्यु गर्न लागेका हुन् । यो फिल्मले काठमाडौंमा बसोबास गर्ने एक युवालाई पछ्याउँछ l कुन्दुनले यसअघि छोटो फिल्म ‘थस्र्डे’सहित बज्र थिएटरमा ४ नाटकमा अभिनय गरे । चाँडै उनी भूषण दाहालका छोरा आर्जवले निर्देशन गर्न लागेको फिचर फिल्ममा पनि देखिँदैछन् । कुन्दुन अभिनेता कार्मको भाई हुन् l ‘गुलेली’मा कार्म र उनका बुवा महेन्द्र लगानीकर्ताको रुपमा छन् ।