यतिबेला अभिनेत्री साम्राज्ञी आरएल शाहपालले सबैभन्दा महंगो म्यूजिक भिडियोमा काम गरेकी छन् । ६० लाखको लगानीमा तयार भएको ‘मालती’ बोलको डान्सिङ शैलीको गीतमा साम्राज्ञीको जोडी विशाल खरेलसँग बाँधिएको छ । गीतलाई दशैंअघि थाइल्याण्डमा खिचिएको हो ।बुधबार मोडल खरेलको जन्मदिनमा गीत छायांकनका केही तस्वीरहरु सार्वजनिक गरिएको छ, जसमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत छिन् । एक सातासम्म थाइल्याण्डमा छायांकन गरिएको गीतमा त्यहाँका चर्चित मोडलहरुलाई कोरसमा उतारिएको निर्देशक सञ्जय न्यौपानेले जानकारी दिए । यो गीतले नेपाली म्यूजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने उनको दाबी छ ।