फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । बाबु साहेब बलामी निर्देशित फिल्ममा कुन्दनसहित सुनिल थापा, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमिल्सेना, ह्यारी जोश (बलिउड कलाकार), मौसम पौडेल लगायतको अभिनय छ ।मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको निर्माण रहेको फिल्ममा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् ।
कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । यसमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद लेखन, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन तथा मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिएको निर्देशक बलामीले जानकारी दिए । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिएको निर्देशक बलामीले जानकारी दिए ।