फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द रचना तथा गायक अविरल स्वयंको संगीत छ ।गीतको भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । 

 

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । तिहारको विदा पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट फिल्म प्रदर्शनमा आउन लागेको हो l