फिल्म ‘सानो संसार’ लाई प्रीमिएरमा सकारात्मक प्रतिकृया मिलेको छ । सिनेकर्मी देखी पत्रकारहरुसम्मको उपस्थिति रहेको फिल्मलाई प्रीमिएरमा मिलेको प्रतिक्रियाले निर्माण टिम खुसि छन् । बुधबार आयोजित प्रिमियर शोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, किरण केसी, दीपक आचार्य (काकु), सुमन कार्की, हिमेश पन्त, रक्षा श्रेष्ठसहितका केही कमेडियन तथा फिल्मका कलाकारहरुले फिल्म हेरेका थिए ।राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई  संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले  निर्देशन गरेका हुन् ।प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।  सीतादेवी तिमल्सिनाको मुख्य भुमिका रहेको फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।फिल्म कार्तिक ९ गते भोली शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको हो ।