हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ ।
फिल्ममा सन्दीप श्रेष्ठ, पुस्प अवस्थी, मनोज कुमार अधिकारी लगायतको अभिनय रहेको छ ।। मनोज कुमार अधिकारी निर्माता तथा नितिश पुन सह-निर्माता रहेको फिल्ममा भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतको पनि अभिनय छ । यसमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ ।छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।