फिल्म ‘केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई शालिन् मुद्रामा देखाइएको छ । दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन छ । यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।गुरु नानक जयन्तीको विदा पारेर यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।