युवा पुस्ता माझ् लोकप्रिय गायकको रुपमा परिचित भएका गायक हुन् ब्रीजेश श्रेष्ठ । `मेरी माया डल्ली डल्ली´ बाट एकाएक चर्चामा आएका गायक श्रेष्ठको हालै मात्र नयाँ म्युजिक भिडियो `आउन फर्की´ सार्वजनिक भएको छ । ब्रीजेश श्रेष्ठकै कम्पोजिसन र मिक्सिङ मास्टरिङमा तयार भएको भिडियोमा कोरस भोकल पुष्पको रहेको छ ।
सन्जल भण्डारीको गितार , बेनिशा पौडेलको ह्युमिङ र सन्जिभ मैनालीको फ्ल्युट गीतमा सुन्न सकिन्छ । विवेक मगरको निर्देशन र दृश्य कैद रहेको भिडियोलाई नेस् स्टुडियो प्रीजेन्ट्समा "फजि फिल्म्स" ले तयार पारेको हो । भिडियोमा क्रान्ति शाह, श्वेता मिश्र र उन्नत जङ्ग उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियो प्रोड्क्सनमा रोहित शाह र मेकअपमा अनुजा रहेका छन् । सार्वजनिक भिडियोलाई "नेस् स्टुडियो" युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।