निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा लाकार केदार घिमिरे (माग्ने बुढा)सँग काम गर्ने भएका छन् lआगामी माघ १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन । यद्यपि, नाम तय भइसकेको छ । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् । घोराही उप-महानगरपालिका-४ को वडा अध्यक्ष समेत रहेका उनले यसअघि ‘खबरदार’ र ‘इच्छा’ फिल्मको निर्देशन गरेका थिए । आफू जनप्रतिनिधि भएकाले यसपटक फिल्म निर्देशन गर्न सम्भव नभएको उनले बताए । फिल्मका लागि यतिबेला उनको दाङ र काठमाडौं ओहोरदोहोर बाक्लिएको छ ।समीक्षक समेत रहेका सामिप्यराज तिमल्सिनाले फिल्मको स्क्रिप्ट तयार पारेका छन् । स्क्रिप्ट फाइनल गरेर निर्माण टिम कलाकार छनोट प्रक्रियामा जुटेको छ ।