नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र 'नाका'को फर्स्ट लुक टिजर सार्बजनिक गरिएको छ । हरेक चलचित्रमा आफुलाई फरक अवतारमा प्रस्तुत गर्न रुचाउने बिपिन यस चलचित्रमा पनि सफल देखिएका छन् । टिजरका अनुसार बिपिन यस चलचित्रमा नाकाको एक गुण्डा पात्रको रुपमा रहेको प्रष्ट देख्न सकिन्छ ।

 

नाकामा हुने बिभिन्न अबैध धन्दा र गुण्डागर्दीको बिषयलाई चलचित्रको टिजरमा देखाइएको छ । बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् ।