फिल्म ‘कर्मा’ निर्माण नै नहुँदा विदेशमा बिक्री भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको हो । स्रोतका अनुसार, फिल्ममा हुने लगानीको तीन भागको एक भाग विदेश राइट्सबाट उठेको छ । ‘कर्मा’ निर्माण नहुँदै विदेशमा बिक्री हुनुमा यसका निर्देशक सौरभ चौधरीको अघिल्लो फिल्म ‘अगस्त्य’ले अन्तर्राष्ट्रिय बजारमा गरेको ‘पर्फमेन्स’ पनि महत्त्वपूर्ण कारण हो । आगामी मंसिर दोस्रो सातापछि छायांकनमा जान लागेको फिल्ममा विपिन कार्की पहिलो पटक एक्सन भूमिकामा देखिँदैछन् । उनीबाहेक अरु कलाकार भने निश्चित भएका छैनन् । आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्साल निर्मातामा छन् ।