अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'जेरी अन टप'को छायांकन प्रारम्भ भएको छ । सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिम फ्लोरमा निस्केको हो । सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दिपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता छन् ।सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा रहनेछ । रीतसिंह बोहरा मुख्य सहायक निर्देशक छन् । उज्जल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।युवा स्टार अनमोल केसीको प्रमुख अभिनय रहने फिल्ममा उनका पिता भुवन केसीले रिलमा पनि अनमोलको बुवाकै भुमिका निभाउँदैछन् । फिल्ममाजसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे 'माग्नेबुढा', विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगिता मगर र सुष्मा निरौंला फिल्मको प्रमुख अभिनयमा रहनेछन् । प्रेमकथामा रुचाइएका अनमोल र कमेडी किङ 'माग्नेबुढा'को केमिस्ट्रीले दर्शकलाई छायांकन पहिले नै कौतुहलता जगाएको छ ।कार्यक्रममा बोल्दै अनमोलले आफुलाई सधैं राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए । ६० दिनको सेड्यूल लिएर फ्लोरमा निस्केको अनन्या फिल्मस् ले काठमाडौं, लुक्ला र भारतको लद्धाकलाई छायांकन स्थल तय गरेको छ । यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।