फिल्म सत्यबिर बाट कलाकार प्रदीप चौधीरीले १० बर्ष पछी कम्ब्याक गर्ने भएका छन् l फिल्म ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीपको निर्माण टिमले क्यारेक्टर पोस्टर रिलिज गर्दै जानकारी गराएका हुन् l पोस्टरमा प्रदीप रगत पोतिएको बञ्चरो लिएर आक्रामक लुक्समा प्रस्तुत छन् । उनको पाखुरामा चोटको निशान देखिन्छ भने अनुहारमा रगतको छिर्का छ । पोस्टरले क्राइम-थ्रिल संकेत गर्छ । गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई विराज खड्काले निर्देशन गर्नेछन् । आदेश सुब्बा निर्माता रहेको फिल्मको छायांकन आगामी डिसेम्बरबाट सुरु हुने जनाइएको छ । साढे २ करोडको लागतमा निर्माण हुने फिल्मको कथा प्रदीप चौधरी स्वयंको हो ।