फिल्म एकआपसमा टकराव गर्न पर्यो भने नेपाली निर्माताहरु एक छेउ पनि पछी पर्दैनन् l एक आपसमै शत्रु भएर 'त भन्दा म के कम्' भन्ने निर्माताहरु बलिउड फिल्म आयो भने चाही पानीमा रुझ्या बिरालो जस्तो हुन्छन् l बलिउडको यती सम्मको त्रास छ की आफ्नै फिल्म माथी पनि निर्माताहरु भरोशा गर्दैनन् l यस्तै भयो अहिले अर्को नेपाली फिल्मलाई:चर्चा गरौ फिल्म ‘फिरफिरे फिरिरी’ l बलिउडको त्रास भनौ या आफ्नै फिल्ममाथी भरोशा उड्यो भनौ रिलिज मिती सारीएको छ l डिजिटल प्रमोसन गरेर एक्लौटी सिनेमा घर लिन खोजेको फिल्मले कात्तिक २२ लाई छोडेर माघ ४ लाई रिलिज मिती तोकेको छ l बुधबार निर्माण कम्पनी विन्ध्यवासिनी क्रियसनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ । निर्माताले प्राविधिक कारण देखाए पनि तिहारका दुई ठूला बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ले असर गर्न सक्ने देखिएपछि ‘फिरफिरे फिरिरी’लाई पूर्वघोषित मितिबाट पछाडि सारिएको हो । माघ ४ मा भने अहिलेसम्म अरु फिल्म छैनन् । यदी त्यो समयमा पनी अर्को फिल्म आयो भने बुझौ अब आगामी बर्षलाई फिल्म रिलिज हुने छ lनविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठको संयुक्त स्क्रिप्ट लेखन रहेको फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन् ।