नायिका पूजा शर्मा अभिनित एक्सन फिल्म`दान्भी´ युट्युबमा सार्वजनिक भएको छ l केही समय अघी मात्रै फिल्मलाई बिन्धाबासीनी युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो l ‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्मातामा छन् । सह-निर्माता भने कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल हुन् । सिनेमा घरमा पानी पन्नी भन्न् नपाएको फिल्मले अब युट्युबमा कस्तो प्रतीकृया पाउने हो l