फिल्म ‘डोरी’ निर्माण हुने भएको छ । हरर, थ्रिलर, एक्सन र कमेडी जनरामा बन्न लागेको फिल्मलाई जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् ।फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय हुनेछ ।नायिका भूमिकाको लागि कलाकार चयन बाँकी छ । पटकथा लामाकै हुनेछ । मनोज पण्डित स्क्रिप्ट डाक्टरको रुपमा छन् । निर्माताको नाम ‘मिस्टर एक्स’ र कार्यकारी निर्माता राज थापा छन् । सौरभ लामाको छायांकन र राजु तामाङको एक्सन कोरियोग्राफी हुनेछ । फिल्मलाई प्रदर्शन सन् २०२५ गर्ने जनाइएको छ ।