नेपालीहरूको महान् चाड पर्व नजिकिँदै गर्दा कालजयी गीतहरू बज्ने गर्छन् lदसैँ होस् वा तिहार, फागु होस् वा तीज, हरेक पर्वको सांस्कृतिक र धार्मिक महत्त्व बोल्ने गीत बनेका छन् । जुन गीत हरू बज्दा मात्रा हामीलाई हाम्रो चाड पर्वले आँगनमै टेके जस्तो अनुभूति हुन्छ l तपाईँहरू थाहा छ ती कुन गीतहरू हुन् ? जसले हामीहरू चाडपर्वमा देश बाहिरै हुँदा होस् वा घर बाट कतै बाहिर जाँदा नै, उक्त गीतहरू बज्दा परिवार सँगै भएको आभास दिलाउँछ l ती गीतहरू बजेन भने चाडपर्व नै अपुरो भए जस्तो लाग्छ । आज हामी चर्चा गर्छौ ती गीतहरूको बारेमा ,जसले सिंगो चाडपर्व र संस्कृतिलाई नै जीवन्त बनाएका छन् :
‘भैलिनी आए आँगन’
कालजयी बनेको तिहार गीत हो, ‘भैलिनी आए आँगन’ । यो गीतले तिहार आएको आभास गराउँछ । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको सङ्गीत तथा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल नृत्य गर्दै प्रस्तुत छिन् ।
‘निधारमा लर्काएर सप्तरङ्गी टिको’
राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारैमा लर्काएर सप्तरङ्गी टीका’ गीतले तिहारको महत्त्व र विशेषता झल्काउँछ । दिनेश अधिकारीको शब्द रचना रहेको गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको सङ्गीत छ ।
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’
अनिल संग्रौला निर्देशित फिल्म ‘माइती’मा समावेश यो गीत पनि तिहारको बेलामा बज्ने चर्चित गीतमा पर्छ । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले सङ्गीत भरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंह प्रस्तुत उक्त गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाइटीका लगाएको परिवेश समावेश छ ।