यती बेला फिल्म ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शनमा रहेको छ l फिल्मलाई सिनेकर्मी, पत्रकार देखी दर्शकसम्मको सकारात्मक प्रतीकृया मिलेको छ l हालाई राजनीतिग्यहरुले पनी फिल्म हेरेका थिय l फिल्म हेर्ने राजनीतिग्यहरु मध्य पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अभिनेता विजय बरालको अहिलेसम्मकै उत्कृष्ट अभिनय भएको फिल्मको रुपमा आफूले बुझेको बताएका छन् । फिल्म हेरिसकेपछि नेता भट्टराई सामाजिक संजालमा लेख्छन्, ‘ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्व (गाइने) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ । पटकथा, छायांकन, संगीत, अभिनय प्रशंशायोग्य छन् । मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो ।’फिल्म वस्तुपरक, मार्मिक र कारुणिक भएको भट्टराईको भनाइ छ । संविधानले दलित मुक्तिको व्यवस्था गरेपनि अहिलेपनि यो कार्यान्वयन हुन नसकेको बताउँदै भट्टराईले दलित मुद्दालाई फिल्मले उचित ढंगले प्रस्तुत गरेको बताए ।शीर्ष कलाकारको रुपमा अभिनेता बरालको यो पहिलो फिल्म हो । प्रदर्शनको दोस्रो दिन शनिबार फिल्मले देशब्यापी सुखद कमाइ गरेको छ ।