बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । हिन्दि फिल्मको दब्दबा रहदा रहदै पनि फिल्मले सोमबार मात्रै फिल्मको कलेक्सन करोडभन्दा बढी हुने प्रक्षेपण गरिएको छ  ।५६ शोबाट रिलिज भएको फिल्मको कूल शो सोमबारसम्म १९० हाराहारीमा छ ।स्वदेशमा उत्कृष्ट कमाइ गरिरहँदा अब भने यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ । मंगलबार टोकियोबाट फिल्मले अन्तर्राष्ट्रिय यात्रा थाल्दैछ । आउँदो विहीबार अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारदेखि अमेरिका र बेलायतमा प्रदर्शनको टुंगो लागेको छ ।सेभेन सिजका सदस्यद्वय विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको ‘पूर्णबहादुरको सारंगी’को पहिलो फिल्म हो ।शीर्ष अभिनेताको रुपमा विजय बरालको यो पहिलो फिल्म समेत हो ।