निर्माणको तयारीमा रहेको फिल्म ‘कल्ली’बाट अभिनेता उत्तम प्रधानको कमब्याक निश्चित भएको छ। यसै साता निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले भारतको सिक्किम पुगेर उनीसँग कागजी सम्झौता गरेका हुन् । प्रधानले लामो समयपछि फिल्ममा काम गर्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । फिल्ममा उनको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन ।‘कल्ली’मा उत्तम भित्रिएसँगै कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यसमा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल निश्चित भइसकेका छन् । अभिनेत्रीको भने टुंगो लाग्न बाँकी छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।आगामी चैत्र २९ गतेबाट प्रदर्शन गर्न लागिएको फिल्मको छायांकन कर्णालीका विभिन्न स्थानमा गरिने छ  ।