गायक बृजेश श्रेष्ठ , सिजन राउत (एस. आर .टी) र फुवा तामाङको आवाजमा म्युजिक भिडियो `नम्बर´ सार्वजनिक भएको छ ।  नेस् स्टुडियो युट्युब च्यानल मार्फत गीतलाई गत शुक्रवार रिलिज गरिएको हो । 

गीतको भिडियोको निर्देशन र दृश्य कैद विवेक मगरले गरेका हुन् । गीतको भिडियो सम्पादन फजि फिल्म्सले गरेको हो । नेस् स्टुडियो र फजि फिल्म्स प्रीजेन्ट्स भिडियोमा सुवना अधिकारी, लिजा मोक्तान र रोजी क्षेत्रीलाई देख्न सकिन्छ ।