फिल्म ‘रंगी’को छायांकन नसकिँदै विदेश राइट्स मध्यपूर्व र मलेसियाका लागि प्रदर्शन अधिकार खरिद भएको छ l   तिहारअघिदेखि काठमाडौं आसपासका क्षेत्रमा छायांकन भइरहेको फिल्मको आशिष इन्टरटेनमेन्टले  गरेको छ । फिल्मको प्रदर्शन मिति भने घोषणा भइसकेको छैन सुरेश न्यौपानेको निर्देशनमा तयार भइरहेको फिल्ममा सलोन बस्नेत स्वयंको मुख्य भूमिका छ भने नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल (बाल कलाकार), उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय छ । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको जनाइएको छ । ‘रंगी’ले बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा उठाएको छ ।लोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सक्षम सुवेदी हुन् । यसमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।