फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहेको फिल्ममा जितु नेपालको पनि अभिनय छ । मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।अग्लो स्थानको ढुंगामा टुक्रुक्क बसेका उनले हातमा बटुका लिएका छन् । उनले अनुहारको भाव विगारेको देख्दा बटुकामा नशालु पदार्थ हुनसक्ने अनुमान गर्न सकिन्छ । स्टकोट लगाएका उनको शिरमा कालो रंगको टोपी र खुट्टामा गमबुट छ ।रुषोत्तम प्रधानको छायांकन र निर्माण रहेको फिल्मको प्रस्तुतकर्ता आङ छिरिङ्ग शेर्पा हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । फिल्मको अन्तराष्ट्रिय वितरण अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पा लगायतको पनि अभिनय छ । सिर्जनाले यही फिल्मबाट डेब्यु गरेकी हुन् । उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् । जितुको जोडी भने दीया मास्केसँग बाँधिएको छ ।