स्वरसम्राट नारायणगोपालको बायोपिक फिल्म बन्ने भएको छ l ‘स्वरसम्राट नारायणगोपाल’ नामक पुस्तक विमोचनको क्रममा उनले नारायणगोपालको जीवनमा आधारित फिल्म बनाउन लागेको घोषणा गरीको हो । प्रकाश सायमीको निर्देशन रहने फिल्मलाई सेल्युलोइड फर्म्याटमा निर्माण गर्ने तयारी रहेको छ l २५ वर्षपछि निर्देशनमा फर्किँदै उनले यस् फिल्म बनाउने तयारी गरेका हुन् l सन् १९९० मा आएको ‘पिरती’बाट निर्देशनमा होमिएका उनको पछिल्लो फिल्म ‘हतियार’ (१९९९) थियो ।उनले ‘पृथ्वी’, ‘सीमाना’, ‘अवतार’ जस्ता सफल फिल्म दिएका छन् ।