गत वर्ष प्रदर्शित फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को तयारीमा छन् । फिल्ममा उनले कलाकारको ‘लाइनअप’ बलियो बनाइरहेका छन् । फिल्ममा अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा अनुबन्धित गरिसकिएको छ । उनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिँदैछ ।अब फिल्ममा मुख्य अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छ । ‘कर्मा’मा उपासनाको विपिनसँग पहिलो सहकार्य हुनेछ । लुम्बिनी प्रदेशको दाङ जिल्लाबाट छायांकन सुरु गर्न लागिएको ‘कर्मा’लाई रुकुममा पनि खिचिने जनाइएको छ । फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्साल निर्मातामा छन् । नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट फिल्मलाई प्रदर्शन गरिँदैछ l