यतीबेला नेपाली सिनेमा घर फिल्म ‘ह्रस्व दीर्घ’ चलिरहेको छ l गत शुक्रबारबाट प्रदर्शनमा आएअको फिल्मले हाल सम्म आउँदा दर्शकको राम्रो साथ पाइरहेको छ l देशभर प्राप्त अधिकांश शोमा बिहानदेखि साँझसम्म उच्च अकुपेन्सी देखिएको थियो ।शनिबार  फिल्म झनै आक्रामक रह्यो । लगभग डेढ सय हाराहारी शोमा फिल्मले सानदार उपस्थिति जनायो । दर्शकको चाप ठूलो तर शो संख्या कम हुँदा टिकटको हाहाकार समेत देखिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै केही हलले शनिबार मध्यरातमा समेत फिल्म चलाएका थिए । काठमाडौं, नेपालगञ्ज, बुटवल, इटहरी, दमक, चितवन, धनगढी लगायतका सहरमा शनिबार फिल्मको व्यापार आक्रामक रहेको थियो ।चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । फिल्मलाई भारतका कवीरलालले खिचेका हुन् । यसको निर्माण लागत ६ करोड रहेको जनाइएको छ