फिल्म ‘हरिबहादुरको जुत्ता’ मा गायक तथा अभिनेता मुरलीधर अनुबन्धित भएका छन् । आइतबार निर्माता सरोज ओली र अभिनेताबीच लिखित सहमति भएको हो । उनी खलपात्रको रुपमा फिल्ममा देखीने छन् l  हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । यसअघि यस फिल्ममा हरिवंशसहित प्रकाश सपुत, स्वस्तिमा खड्का र प्रियंका कार्की अनुबन्धित छन् ।निर्माता ओलीले माघको दोस्रो सातादेखि काभ्रेमा फिल्मको छायांकन सुरु हुने जानकारी दिए । फिल्ममा पटकथा र संवाद हरिवंशकै छ । ‘मुरलीधरलाई उक्त चरित्र उपयुक्त हुने भएकाले कास्ट गरेका हौं,’ ओलीले भने । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो