अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ फिल्ममा देखिँदैछन् । फिल्म ‘रिमै’मा उनीहरुको सहकार्य जुरेको हो । मंगलबारबाट फिल्मको छायांकन सुरु गरिएको छ । गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।यसअघि फिल्ममा अभिनेता सौगात मल्लको पनि अभिनय रहने निश्चित थियो । तर, ‘बलिदान’सँग सेड्युल जुधेपछि उनले ‘रिमै’बाट हात झिकेका छन् । तर ब भने उनी फिल्ममा नरह्ने भएका छन् lनिर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन् भने सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । रोहित-रत्न फिल्मका वितरक समेत हुन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । यसमा मित्र डि गुरुङको सम्पादन रहनेछ ।