चर्चित गायक हेमन्त रानाको नयाँ गीत "छुटि सक्यो रेल" सार्वजनिक भएको छ। गीतमा शब्द साथै कम्पोज गायक रानाकै रहेको छ । यो गीतको भिडियोमा टेरिया फौंजा मगर, अरुण पुन मगर र करण शाह ठकुरी छन्।टेरियाको यो नेपाली डेब्यु म्युजिक भिडियो हो ।  गीतको एरेन्जर रिकेश गुरुङ हुन् र मिक्स मास्टरिंग प्रदीप जोशीले गरेका छन्।

 

यस गीतको छायांकन, सम्पादन र रङ्ग सम्पादन पवन सुस्लिङ्ग मगरले गरेका छन् भने क्यामरा सहयोगीको भूमिका दिनेश सुबेदीले निभाएका छन्। सहायक सम्पादक प्रवेश खत्री हुन्। मेकअप कलाकार निशा खनालले मोडलहरूलाई तयार गरेकी छन्।

गीतको पब्लिसिटी डिजाइन विक्रम सिग्देलले तयार गरेका छन्। सहायक निर्देशक निशा पौडेल हुन्। यो गीतको परिकल्पना, पटकथा लेखन र निर्देशन किरण थापाले गरेका हुन्। गायक हेमन्तका "साइली" ,"लैजा रे" ,"माया बस्यो है" लगायत गीतहरू चर्चित छन् ।