गत शुक्रबार बाट रिलिजमा आएको फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’बक्स अफिसमा कम्जोर भएका छन् lतेल भिसा’ डेढ सय हाराहारी शो लिएर प्रदर्शनमा उत्रिएको थियो । तर, पहिलो दिन प्राप्त शोमा फिल्मको अकुपेन्सी कमजोर रह्यो । प्रायः शोमा ३० प्रतिशत पनि अकुपेन्सी थिएन । शनिबार भने अवस्था केही सुधार देखियो । विशेषगरी दिउँसोबाट काठमाडौं, बुटवल, इटहरी जस्ता सहरहरुमा फिल्मलाई सन्तोषजनक दर्शक मिलेको थियो । फिल्ममा दर्शकको उछाल नदेखिए पनि प्रतिक्रिया राम्रो मिलेको छ । युवापुस्तादेखि वृद्धवृद्धासम्मले कथावस्तु रुचाएका छन् । ‘तेल भिसा’सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’को अवस्था भने शुक्रबार र शनिबार नै अत्यन्त नाजुक रह्यो । दुवै दिन फिल्मले प्राप्त शोमा ५ प्रतिशत पनि अकुपेन्सी कटाउन सकेन । यसैले प्रायः हलले शनिबारबाटै फिल्मलाई उतारिसकेका छन् । आइतबार फिल्म एकाध हलमा मात्र छ । फिल्मले दशकौंदेखि नेपाली समाजमा व्याप्त रहेको बोक्सी कुप्रथाको कथालाई उठान गरेको छ ।