एम इ एम् को आयोजनामा भक्तपुरमा पहिलो पटक नेपालको चर्चित ब्याण्ड 'मन्त्र ब्याण्ड' ले आफ्नो प्रस्तुती दिने भएका छन् l भक्तपुर स्थित सल्लाघारी चौरमा ''मन्त्र'' ले डिसेम्बर २४ यानीकी नेपाली महिनाको यही मङ्सिर २२ मा दर्शक  नचाउने छन् l मन्त्र सँगै अन्य ब्याण्डको प्रस्तुती रहने छ l एम्टी 8848, दी शर्माउन्ट नेपालले पनि दर्शक झुमाउने छन् l रक्क मानिया फील दी थ्रील् टाइटल दिइएको यस् कन्सर्टमा टिकेट सन्जालबाट टिकट लिन सकिने छ l टीकेटको मुल्य दुई विभाजनमा छुट्टाइएको छ l नर्मलको मुल्य ३५० गरीएको छ भने भीआइपीको मुल्य ७५० तोकीएको छ l कन्सर्टलाई प्रमोशनको रुपमा म्युजिकली नेपालले सहयोग गरेको छ l गत शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमहरुले टिकट बाट आएको केही रकम् क्यान्सर पीडितलाई पनि सहयोग गर्ने बताएका छन् l कन्सर्टमा ३ देखी ४ हजार माथी दर्शकको उपस्थिती रहने आयोजक टिमको भनाइ छ l यस् अघी यही टिमहरुले जोन् एन्ड लोकल्स्, एड्ज ब्याण्ड लाइभ इन भकतपुर गरेका थिय l