फिल्म 'पहाड' मा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतको जोडी पुन: बाधीएको छ  । निर्देशक तुलसी घिमिरेको नयाँ यस् फिल्ममा वर्षासँग लिखित सम्झौता हुन बाँकी छ । यद्यपि, उनले काम गर्ने निर्णय दिइसकेकी छन् । आगामी माघ पहिलो साताबाट छायांकन हुन लागेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री पनि अनुबन्ध भइसकेका छन् । यो फिल्मबाट तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । ‘पहाड’ उनको २३औं फिल्म हुनेछ । उनले आफ्नो करिअरमा २५ वटा फिल्म पुर्‍याउन चाहेका छन् । उनी निर्देशित ‘बलिदान’, ‘दर्पण छाँया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता फिल्म यादगार मानिन्छन् । विपिन र बर्षाका ‘जात्रा’, ‘गोपी’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’, ‘महाजात्रा’ र ‘तेल भिसा’ उनीहरुबीच सहकार्य भएका फिल्म हुन् ।