१८ वर्ष पुरानो बलिउड फिल्म ‘भागम भाग’को पनि सिक्वेल बन्ने भएको छ । ‘भागम भाग’ सन् २००६ मा रिलिज भएको थियो । ३२ करोड भारुमा बनेको फिल्मले त्यसबेला ६७ करोड कमाउँदै सुपरहिटको मान्यता पाएको थियो । अक्षय कुमार, गोविन्दा र परेश रावलको मुख्य भूमिका रहेको फिल्ममा उनीहरुको केमेस्ट्री गजब जमेको थियो । प्रियदर्शनले फिल्मको निर्देशन गरेका थिए ।आगामी वर्ष (२०२५)को मध्यबाट छायांकन गर्ने गरी अहिले स्क्रिप्ट लेखनको काम भइरहेको भारतीय संचारमा उल्लेख गरीएको छ lसन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्ममा ‘अझ धेरै पागलपन र मनोरञ्जक पक्ष’ हुने निर्मात्री वर्देको दाबी छ । तर, फिल्ममा कलाकार र निर्देशक निश्चित भइसकेका छन् । यद्यपि, शीर्ष भूमिकामा अक्षय, गोविन्दा र परेश नै दोहोरिने सम्भावना रहेको भारतीय मिडियाले जनाएका छन् ।