पछिल्लो समय अभिनेता अर्पण थापा र ऋचा शर्मा प्राय चलचित्रमा एकसाथ देखिन थालेका छन् । यी दुईले आधा लभ र फिर्केमा एकसाथ काम गरेका छन् । अर्पणको निर्देशनमा बनेको सुनकेशरीमा ऋचा शिर्ष भूमिकामा प्रस्तुत छिन् ।अब फेरि यो जोडीले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । कलाकार पुरन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘फेरि–फेरि’मा ऋचा र अर्पण मुख्य भुमिकामा देखिने भएका हुन् । कमेडी जनरामा बन्न लागेको चलचित्रलाई माता बसुन्धरा मुभिजले निर्माण गर्न लागेको हो । यसअघि ‘पिरिम प¥या छ’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी चलचित्र निर्माण गरेका पुरनको ‘फेरि फेरि’ पनि हास्यरस युक्त हुनेछ । चलचित्रमा अर्पण र ऋचाको साथमा ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्य र निर्देशक पुरन आफ्नै अभिनय रहने छ । रामेश्वर कार्कीले खिच्न चलचित्रमा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ ।