फिल्म ‘डोरी’को मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा, क्ल्याप बोर्ड र स्क्रिप्ट पूजा गरिएको हो । मुहूर्तमा प्रवीण कलाकार प्रविन खतीवडा र अञ्जना बाराइली सहित फिल्मका अन्य कलाकारहरु शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन लगायतको उपस्थिति थियो । निर्देशक अरुण लामा स्वयंको लेखन रहेको फिल्ममा मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन् । यसमा संगीत राजनराज सिवाकोटी तथा द्वन्द्व निर्देशन राजु तामाङको रहनेछ । फिल्ममा कविता आले, सजन श्रेष्ठको पनि अभिनय रहनेछ । फिल्मलाई आगामी वर्ष अर्थात् सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।